सागका लागि उसु खेलाडी छनोट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि २२ खेलाडीको शनिबार अन्तिम छनोट गरिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको छनोट प्रतियोगिताबाट सान्सौंतर्फ पुरुषमा ८ तथा महिलामा ६ गरी १४ खेलाडी छानिए।

थाउलोमा समान ४–४ पुरुष/महिला गरी ८ खेलाडीले सागमा सहभागिता निश्चित गरे।सान्सौंको पुरुष ५२ केजीमा एपीएफका अशोक खालिङ, ५६ केजीमा एपीएफका अमर सुनार, ६० केजीमा एपीएफका मंगलप्रसाद थारु, ६५ केजीमा सुदूरपश्चिम प्रदेशका सुभाष भुल सेठी, ७० केजीमा नेपाल आर्मीका चित्रसिंह ठकुरी, ७५ केजीमा आर्मीका पदम राई, ८० केजीमा एपीएफका निकेश श्रेष्ठ र ८५ केजीमा आर्मीका किरणसिंह साउद छनोट भए।

महिला ५२ केजीमा आर्मीकी एलिना चौधरी, ५६ केजीमा प्रहरीकी जुनी राई, ६० केजीमा एपीएफकी निशा विक, ६५ केजीमा एपीएफकी मनीषा रावत, ७० केजीमा आर्मीकी विन्दु पुन मगर र ७५ केजीमा आर्मीकी शिलु डंगोल छानिए।

थाउलोतर्फ छाङ छ्वानको पुरुषमा विजय सिंजाली र महिलामा सुस्मिता तामाङ, नान छ्वानको पुरुषमा दीपक हमाल र महिलामा निमा घर्ती मगर तथा थाइची छ्वानको पुरुषमा हरिप्रसाद गोले र महिलामा मिना ग्लान छनोट भए।

त्यस्तै पुरुष ताओ सु÷कुन सुमा विश्व बुढा मगर तथा महिला चेन सु/चियाङ सुमा कविता थापा छनोट भए। दीपक कर्णाली प्रदेश र कविता एपीएफका हुन् भने बाँकी ६ खेलाडी आर्मीमा आबद्ध छन्।