‘दि भ्याजिनल बाइबल’ नाम पुस्तक विवादमा

0
Shares

लन्डन, (एजेन्सी)। ट्विटर, फेसबुक र इन्स्टाग्रामले योनी स्वास्थ्यका बारेमा एकजना डाक्टरको पुस्तक प्रवद्र्धनका लागि तयार गरिएको विज्ञापनमाथि रोक लगाएको अमेरिकी प्रकासक केन्सिंग्टनले जनाएको छ।

डाक्टर जेनिफर गन्टरद्वारा लिखित ‘दी भ्याजिनल बाइबल’ नाम पुस्तकमा ‘भ्याजिनल’ वा ‘भ्याजिना’ शब्द प्रयोग गरिएकाले थुप्रै सामाजिक सञ्जालले उक्त विज्ञापन पोस्ट गर्न अस्वीकार गरेका छन्। तर ती आपत्तिजनक शब्द बिनाका सामग्रीलाई भने ती सञ्जालमा स्थान दिइएको छ।

ट्विटरका प्रवक्ताले बीबीसीलाई बताएका छन्, ‘हामीले यौन अंगको प्रसंगलाई लिएर प्रवद्र्धनका लागि गरिएका ट्विटहरू रोकेका हैनौं। नियमअनुसार स्वतः स्वीकार्य छन्। वयस्क उत्पादन र अश्लिल शब्दलगायत मानवीय त्रुटी तथा दुरुपयोगका कारण पुस्तकका केही अंश रोकेका हौं।’ फेसबुकले भने यस घटनाका सम्बन्धमा आफूले छानविन गरिरहेको बीबीसीलाई बताएको छ।

केन्ग्गिटन बुक्सले भने ट्विटरले प्रायोजित ट्विटसले वयस्क यौन उत्पादन र सेवालाई प्रवद्र्धन गरेको वा अनुपयुक्त भाषा प्रयोग भएको आरोप लगाएको बताएको छ। डा गन्टरले योनीलाई अश्लिल शब्दका रुपमा नभई शारीरिक अंगका रुपमा प्रयोग गरिएको सफाइ दिएको ट्विट हजारौं संख्यामा सेयर हुनुका साथै युजरहरूले सामाजिक सञ्जालको निर्णय गलत भएको प्रतिक्रिया दिएका थिए। लामो वादविवादपछि ट्विटर र फेसबुकले अन्ततः पुनः उक्त विज्ञापनलाई पोस्ट गर्न दिएको बताइएको छ।