बेवारिसे छोडेका गाई फिर्ता पठाइयो


दिपेन्द्र शर्मा, सुर्खेत । सुर्खेतमा बेबारिसे छाडिएका गाईहरु नेपालगन्ज फिर्ता पठाइएको छ । सुर्खेत – दैलेख सडक खण्ड अन्तरगत सुर्खेतको वीरेन्द्रनगर नगरपालीका ७ कटकुवाको जङ्गलमा बेवारिसे छाडिएका गाईलाई पुःन नेपालगञ्जतर्फ पठाइएको छ ।

शुक्रबार बिहान तीन बजेतिर वीरेन्द्रनगर वडा नं १४ पर्ने कटकुवा सुर्खेतको जङ्गलमा २ सय ९१ गाई–गोरु अलपत्र अवस्थामा छाडिएको थियो । नेपालगन्जवाट सुर्खेत हुदै दैलेख पु¥याउने भनी रातारात सडक छेउको जंगलमा बेबारिसे छोडिएका गाई नेपालगन्ज तर्फ नै फिर्ता पठाइएको हो ।

जंगलमा बेवारिसे छाडिएका गाईलाई आजदेखि नेपालगञ्ज फिर्ता पठाउन थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो । प्रहरी प्रवक्ता रावलका अनुसार अहिले सम्म १ सय ६७ वटा गाई नेपालगञ्ज तर्फ पठाइसकेको छ ।

प्रवक्ता रावलका अनुसार चिकित्सकहरुको टोलीले जंगलमा बेवारिसे छाडिएका घाइते गाईको शुक्रवार देखि उपचार गरिरहेको छ । कटकुवा जंगलमा मृत भेटिएका गाईको शव परीक्षण गरेर गाडने काम भैरहेको छ । मृत गाइको पोष्टमार्टम रिर्पोटपछि मात्र गाईको हत्या भए÷नभएको यकिन हुने प्रवक्ता रावलले वताउनुभयो । यो समाचार तयार पार्दा सम्म जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुने गाई–गोरुको संख्या ३० पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको भाद्र ८ गतेको चलानी नम्बर सात सय २ को पत्र अनुसार नेपालगञ्ज उप–महानगरपालिकाको कान्जीहाउसबाट दैलेखको शिरस्थान क्षेत्रमा पठाउने भनी गाइहरु सुर्खेत तर्फ पठाएको छ ।

श्रीस्थानमा ल्याउनका लागी गाँउपालीकाले कुनै पनि लिखित तथा मौखिक सम्झौता नगरेको भैरवी गाउँपालिका दैलेखका अध्यक्ष पे्रमबहादुर बुढाले वताउनुभयो । दैलेखको भैरवी गाउँपालिकामा पर्ने शिरस्थानमा उक्त गाइहरु ल्याउन गाँउपालिका, वडा कार्यालय र मन्दिर व्यवस्थापन समितिले नेपालगञ्ज उपमहानगरपालिकासंग त्यस्तो कुनै माग नगरेको अध्यक्ष वुढाले वताउनुभयो ।

चालक सहित ५ ट्रक नियन्त्रणमा

जंगलमा गाई बेवारिसे अवस्थामा फालेर नेपालगंजतर्फ जाँदै गरेका चालक सहित ५ वटा ट्रक सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा ना६ख ४९४९ नम्बरको ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका २ का ३२ वर्षीय दामोदर केसी, ना६ख ९९०५ नम्बरको ट्रकका चालक बाँके कोहलपुर नगरपालिका १४ का ३४ वर्षीय हिम बहादुर जिसी, ना६ख ९१७७ नम्बरको ट्रकका चालक चितवन राप्ती नगरपालिका ४ का २८ वर्षीय बिबेक कुवँर रहेका छन । त्यस्तै भे१ख १०१५ नम्बरको ट्रकका चालक चितवन राप्ती नगरपालिका ५ का २७ वर्षीय सागर विश्वकर्मा, ना ५ ख ६६७४ नम्बरको ट्रकका चालक नवलपरासी सरावल गाँउपालकिा १ का २९ वर्षीय सुकधन चौधरी र एक जना सहचालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुर्खेत प्रहरीले ट्रकका चालक र सहचालक गरी शुक्रबारै नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिसकेको डिएसपी रावलले जानकारी दिनुभयो । मुलुकी अपराधसंहिताअन्तर्गत पशुपंक्षीसम्बन्धी कसुर गर्नेलाई कानूनी कारबाही गर्ने प्रावधान छ । अपराधसंहिताको उक्त कसुरअन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । उपदफा २ मा गाई र गोरु मारेमा तीन वर्ष कैदको हुने व्यवस्था छ ।

गौहत्या गर्नेलाई कार्वाहीको माग

सुर्खेतको जंगलमा बेवारिसे छोडेर गौहत्या गर्नेलाई कार्वाहीको माग गरिएको छ । नेपालगञ्जबाट दैलेखमा पठाएका भनिएका ३० वटा गाईगोरु सुर्खेतको वीरेन्द्रनगर १४ कटकुवा र सुब्बाकुना नजिकै बेबारिसेरुपमा मरेको अवस्थामा भेटिएका थिए । उक्त गौहत्या गर्नेलाई कार्वाहीको माग गर्दै सुर्खेत र दैलेखमा प्रर्दशन समेत भएको छ ।

३० वटा गाई मृत भेटिनु रहस्यमय भएकाले उचित छानबिन गर्न इलेक्ट्रोकोनी वस्तुगत समिति सुर्खेतका अध्यक्ष भुवन ज्ञवालीले माग गर्नुभयो । रातारात नेपालगञ्जका गाईगोरु सुर्खेत हुँदै दैलेख लैजानुको कारण सार्वजनिक गर्न माग गर्दै ज्ञवालीले दोषिलाई हदै सम्मको कारवाही गर्नुपर्ने वताउनुभयो । गौहत्याको घटनामा ट्रक चालक मात्रै नभई अन्य व्यक्तिको संलग्नता रहन सक्ने भन्दै निष्पक्ष छानबिन गर्न उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै वीरेन्द्रनगर १० सुखेतका कृष्ण कंडेलले कतिपय गाई–गोरु भीरबाट खसालिएको अवस्थामा भेटिएकाले ‘गौहत्या’ भन्दै घटनामा संलग्नलाई कानूनी कारबाहीको गनुपर्ने वताउनुभयो ।

गाईलाई दानवीय हिसाबले भीरबाट खसालिएको भन्दै सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले एउटा प्रदेशका छाडा पशु चौपाया अर्को प्रदेशको अनुमति बेगर ल्याएर छाडने नेपालगञ्ज उपमहानगरपालिकाको गम्भीर लापरबाही भएकोले निष्पक्ष छानविन गरि कारबाही गर्न सरकारसंग माग गर्नुभयो ।

त्यस्तै भैरवी गाउँपालिका वडा नं १ को कार्यालय र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले नेपालगंज उपमहानगरमालिकाले श्रीस्थान क्षेत्रमा गाई पठाएको भनिए पनि श्रीस्थान मन्दिर व्यवस्थापन समितिले गाई–गोरुको माग नगरेको जनाएको छ । श्रीस्थान मन्दिर व्यवस्थापन समितिले एक विज्ञप्ती निकालेर सामूहिक गौहत्या प्रति दुःख पनि प्रकट गर्दै दोषिलाई कारबाहीको माग गरेको छ ।

जिल्ला प्रसासन कार्यालयले नेपालगञ्ज उपमहानगरपालिकावाट तिन सय ७० गाईगोरु दैलेख पठाउने भन्दै पत्र आएकोले सोही अनुसारको ब्यवस्थापनको लागी गाइहरु सुर्खेततिर पठाएको कागज भेटिएको थियो । दैलेख पठाइएका सयौँ गाईगोरु भीरबाट खसालेर मारेको भन्दै चौतर्फी आचालोचना भइरहेको छ ।