सर्वोच्च अदालतकाे निर्णय विप्लवले नमान्ने


काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भदौ १० गते सर्वोच्च अदालतले गरेको एनसेल कर असुुलीबारे निर्णय विवादास्पद रहेको भन्दै आपत्ति जनाएको छ।

विप्लव नेतृत्वको नेकपाले उक्त विवादास्पद निर्णय राष्ट्रको हित बिपरित भएको भन्दै खारेजीको माग गरेको छ।

हरेक नागरिक एनसेलको ठगीप्रति चिन्तित र आक्रोसित छन् । सर्वोच्चका केही न्यायधीसहरुले प्रधानन्यायधीसको फैसला उल्टाउँदै एनसेलले साढे १८ अरब कर तिर्न नपर्ने राष्ट्रघाति निर्णय गरेका छन्। हाम्रो पार्टीले यस निर्णयको घोर भत्सना गर्दछ,। विज्ञप्तिमा भनिएको छ।

उक्त विवादास्पद निर्णयविरुद्ध विभिन्न दवाबका कार्यक्रम गर्ने भएको छ। सर्वोच्चको निर्णय विरुद्ध विप्लव नेतृत्वले भदौ १७ गते न्यायधीसको पुत्ला दहन गर्ने, १९ गते देशभर मसाल जुलुस निकाल्ने, २१ गते एनसेलका कार्यालयहरुमा विरोध गर्ने, २३ गते एनसेल कार्यालयमा तालाबन्धी गर्ने र २६ गते भ्रष्टाचारीको पुत्लामा कालोमोसो दल्ने कार्यक्रम सार्वजनिक गरेको छ।