पूर्वप्रधानमन्त्री भट्टराई नागरिक अस्पतालमा

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई शुक्रबार साँझ भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा आई नियमित स्वास्थ्य परिक्षण गराउनुभएको छ । दुई बर्ष अघि डा.भट्टराईको यही अस्पतालमा प्रोस्टेट अर्थात मूत्र थैलीको शल्यक्रिया गरिएको थियो ।

डा. भट्टराईको अस्पतालका बरिष्ठ डा.राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले नियमित स्वास्थ्य परिक्षण गरेको छ ।
परिक्षण पछि अहिले डा.भट्टराईको स्वास्थ्य सामान्य रहेको जानकारी दिंदै उपचारमा संलग्न डा. बर्माले फेरि उहाँ तीन महिना पछि नियमित उपचारका लागि अस्पताल आउनुपर्ने बताउनुभयो ।

अस्पतालका संचालक भुवन चक्र जोशीले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई बिगत साँढे ३ बर्षदेखि मुत्र थैलीको उपचारका क्रममा अस्पतालमा नियमित आउने गर्नुभएको जानकारी दिनुभयो ।

उहाँले अस्पतालले सामान्य नागरिकदेखि पूर्वप्रधानमन्त्री ,मन्त्रीज्यु सम्मलाई स्वास्थ्य सेवा प्रदान गर्न पाएकोमा प्रसन्नता ब्यक्त गर्नुभयो ।