नेपाल प्रहरीका ३५ एसएसपीको सरुवा, काे कहाँ ? (सूचीसहित)

0
Shares

काठमाडौँ । गृहमन्त्रालयले नेपाल प्रहरीका ३५ एसएसपीको सरुवा गरेको छ। शनिबार सार्वजनिक भएको मन्त्रीस्तरीय निर्णय अनुसार ललितपुर प्रहरी प्रमुखमा एसएसपी टेकप्रसाद राईको सरुवा भएको छ।

अहिलेका ललितपुर प्रहरी प्रमुख एसएसपी रबिन्द्रसिंह धानुकको प्रहरी मुख्यालयको कार्य बिभागमा सरुवा गरिएको छ। त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखामा भिमप्रसाद ढकाल गएका छन्।

तालिम केन्द्र अन्तर्गत बुटवल तालीम केन्द्रको समादेशकमा डा। गणेश रेग्मी, पोखरामा दिवेश लोहनी, दुधौलीमा सन्दीप भण्डारी, नेपालगन्जमा मसाउद आलम खाँ, दिपायलमा प्रदीपकुमार श्रेष्ठ र जनकपुर तालिम केन्द्रमा हरीराज वाग्लेको सरुवा भएको छ।

त्यसैगरि प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाहा नवलपरासीको प्रमुखमा एसएसपी वसन्त कुवँरको सरुवा भएको छ। संघीय प्रहरी इकाई कार्यालय धरानमा शौरभ राणा, लुम्बिनीमा मोहनराज शर्मा, जनकपुरमा किशोर दाहालको सरुवा गरिएको छ।