सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगे मन्त्री योगेश भट्टराई

0
Shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग शनिबार बिहान भेट गरेका छन् ।

देउवा निवास बूढानीलकण्ठ पुगेर भट्टराईले मन्त्रालयका तर्फबाट भइरहेका कामकारबाही र वार्षिक कार्यक्रमको योजनाका बारेमा जानकारी गराएका हुन् । फेसबुक वालमा पोस्ट गर्दै उनले देउवालाई भेटेर भ्रमण वर्ष २०२० का बारेमा जानकारी दिएको बताए।

‘मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ। त्यसका लागि म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु’, भट्टराईले फेसबुक स्टाटसमा वालम छन्।