त्रिभुवन विमानस्थल ४ महिनासम्म दैनिक ७ घण्टा बन्द हुने

0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म बन्द गर्न लागिएको हो ।

विमानस्थलको धावनमार्गको काम सम्पन्न भएपनि ट्याक्सी र लिङक रोड जोड्न बाँकि रहेको तथा लाटनिङको काम पनि गर्नु पर्ने भएकाले नयाँ वर्ष भित्रै पूर्णरुपमा सञ्चालनमा ल्याउने गरि आइतबारदेखि काम सुचारु हुने छ ।

यस्तै नेपाल एयरलाइन्सको ओशाका उडान हुने दिन भने विमानस्थल खुल्ने छ । एयरलाइन्स ओसाका उडिसकेपछि पुन विमानस्थल बन्द गरेर मर्मतको काम गरिने छ । नेपाल एयरलाइन्सले मंगलबार, बिहीबार र शनिबार जापानको ओसाका उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।