‘सामूहिक गौहत्या गर्नेलाई कारवाही गरिनुपर्ने’


काठमाडौँ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सामूहिक गौहत्याको छानबिन गरी कारवाही गर्न माग गर्नुभएको छ । मन्त्री राईले आज विज्ञप्ति जारी गरी कानून विपरीत राष्ट्रिय जनावर गाईको हत्या गर्नु अपराध भएको भन्दै छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गर्नुभएको हो ।

‘सामूहिक रुपमा गौहत्या गरिएको भनी स्थानीय जनताबाट आइरहेको अभिव्यक्ति र आक्रोश एवम् सामाजिक सञ्जालमा आएका समाचारका सम्बन्धमा अविलम्ब सम्बन्धित निकाय एवम् जिम्मेवारी पक्षमाथि छानबिन एवम् कारवाही हुन अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

गए राति बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका २९१ वटा गाईमध्ये २३ वटा गाई वीरेन्द्रनगरको कटकुवा जङ्गलमा मृत भेटिएका र १५० वटा गाई घाइते अवस्थामा रहेका छन् ।
रासस