ओलिद्वारा पदको दुरुपयोग, हाजिरी केरेर बुझे भत्ता


प्युठान । जिल्लाको सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर ओलिले आफ्नो पदको दुरुपयोग गर्दै हाजिरी पुस्तिकामा केरमेट गरि भत्ता बुझेका छन ।

आर्थिक वर्ष २०७५/०७६ को पुस ४ र ६ गतेको हाजिरी केरमेट गरि कार्यालयबाट उनले सात हजार दुई सय रुपैयाँ भत्ता भुक्तानी लिएका हुन । हाजिरी पुस्तिका या बिलमा केरमेट गर्न नपाईने नीतिगत ब्याबस्था भए पनि ओलिले त्यस्को बेवास्ता गर्दै हाजिरी पुस्तिकामा टिपेक्स प्रयोग गरेको पाईएको हो । यद्धपी अधिकृत ओलिले आफु फिल्डमा गएको तर त्यसै दिन भुलबस हाजिर गर्न पुगेको उनले प्रतिक्रिया दिए।,’ यो त्यति ठूलो कुरा होईन,उनले भने,’ भुलबस हाजिरी केरमेट भएको हो।’

गाउँपालिकाले कार्यालय संचालनका लागि भाडामा लिइएको कोठा अधिकृत ओलिले आफ्नो निवासको रुपमा प्रयोग गर्दै आएका छन । यश अघि जुनियर कर्मचारीलाई निमित्त दिएर सिनिएर कर्मचारीको अपमान गरेको भन्दै उनको कर्मचारी बृत भित्रै आलोचना भएको थियो ।

यतिमात्र हैन सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै उनले गाउपालिकाका परिचरलाई आफ्नो भान्सेको रुपमा प्रयोग गर्दै आएका छन। सम्बृध्द पालिका बनाउन महत्वपुर्ण भुमिका खेल्नु पर्ने प्रमुख प्रशासकिय अधिकृतले गाउँपालिका अध्यक्षको आडमा स्थानिय तहमा मनपरी गरेको स्थानियको आरोप छ। सार्वजनिक कार्यक्रममै अध्यक्षले ’डायानामिक हाकिम’ भनेर उछालेपछि हाकिमको बिलासी र भड्किलो रवाफले प्रस्वय पाएको स्थानियको आरोप छ ।

ओलि सरुमारानिमा सरुवा भई आए लगत्तै नागरिकले बारम्बार असन्तुष्ट्री ब्याक्त गर्दा समेत जनप्रतिनिधीहरु मुकदर्शक भएर बसेका छन। उनले बैकँसंगै जोडिएको निवासमा पटक पटक कर्मचारी सहित साझको समयमा नाचगान र भोजभतेर गरेपछि प्रशासकिय अधिकृत ओलिको चरित्र उदाङिएको हो ।