करेन्ट लागेर १ को मृत्यु


वीरगञ्ज । वीरगञ्जमा करेन्ट लागेर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका–२ प्रसौनी घर भई वीरगञ्जमा डेरा गरी बस्दै आएकी ३६ बर्षिया रोमा देवी दास रहेकी छन् । कलधारामा जडान गरिएको मोटरबाट करेन्ट सर्ट भई उनलाई करेन्ट लागेको हो ।

गम्भिर घाइते दासलाइ उपचारको लागी नारायणी उपक्षेत्रिय अस्पताल पुर्‍याएको थियो । अस्पतलमा उपचारको क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।