कस्ताे पत्रकार आचारसंहिता आउदै छ त?


न्यज अफ नेपाल, काठमाडौं । असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गर्न लागिएको छ ।नयाँ नयाँ प्रविधिले ल्याएका चुनौती तथा समस्याहरुलाई समेतसमेट्ने गरी नयाँ आचारसंहिता ल्याउन लागिएको अध्यक्ष किशोर श्रेष्ठले बताएका छन।

नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा सजग गराउँदै आचारसंहिता ल्याउन लागिएको हो ।

लागू हुन लागेको आचारसंहितामा पत्रकारका लागि कडा प्रावधानहरु राखिएको छ ।

पछिल्लो समय युट्युबर, ब्लगरलाई समेत पत्रकार भनेर सर्वसाधारणले बुझ्ने र उनीहरुका सनसनीपूर्ण तर, अफवाह फैलाउने सामाग्री सामाजिक सञ्जालमा शेयर गर्ने प्रवृत्ति बढेकाले पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोगमा समेत आचारसंहिता प्रेस काउन्सिलले जनाएको छ ।

अब पत्रकार तथा सञ्चारमध्यमले सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने समाचार, विचार र सूचना वा जानकारीहरु सत्य तथ्यपूर्ण, सन्तुलित र मर्यादित हुनुपर्ने प्रावधान नयाँ आचारसंहितामा राखिएको छ ।

पत्रकारले नै अमर्यादित र अपुष्ट कुराहरुलाई प्रवाह गर्दा सर्वसाधारण झुक्किने र नभएको कुरा नै हो भनेर स्थापित हुन थालेकाले मर्यादित बनाउन खोजिएको काउन्सिलले जनाएको छ ।