भीरबाट खसालेको अवस्थामा २ सय ९१ गाई फेला, २२ मरे


काठमाडौँ ।  नेपालगञ्जबाट दैलेख पठाउन लागेका २ सय ९१ गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालेको अवस्थामा फेला परेका छन् ।

बाछीसहित २२ गाई मरेका छन् भने अरू घाइते भएका छन्। वीरेन्द्रनगर नगरपालिकाकाको जंगलभित्रको सडक छेउ रहेको भीरमा गाई फेला परेको प्रहरीले जनाएको छ । बिहीबार राति गाडीमा ल्याइएका गाई भीरबाट फालिएको स्थानीयले बताएका छन् ।

यसबारे मुचुल्का उठाउने र थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। गाई कसको जिम्मामा दैलेख पठाइएको हो भन्ने खुलेको छैन्।