रेडिअन्ट उपाधिनजिक

0
Shares

काठमाडौं, (नेस)। आयोजक रेडिअन्ट सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगितामा बिहीबार सिनियर र जुनियर ब्वाइजको फाइनल पुग्दै दोहोरो उपाधिनजिक पुगेको छ।
सिनियर ब्वाइजमा रुपिजलाई ५०–४६ ले हराउदा रेडिअन्टको जितमा सुवास जिसीले २६ अंक योगदान गरे। फाइनलमा रेडिअन्टको भेट निम्ससंग हुनेछ। अर्को सेमिफाइनलमा राजन डंगोलको १६ अंक सहयोगमा निम्सले ओसिसलाई ५५–४४ ले हरायो।

त्यस्तै जुनियर ब्वाइजको सेमिफाइनलमा रेडिअन्टले स्वर्णिमलाई २३–१० ले पाखा लगायो। रेडिअन्टले उपाधिका लागि सेब विरुद्ध खेल्नेछ। सेमिफाइनलमा सेबले महामञ्जुश्रीलाई १९–१५ ले निराश पार्यो। सिनियर गल्र्सको उपाधि भिडन्त द चादबाग र निम्सबीच हुनेछ।