लिला सुनुवार,ओखलढुङ्गा । ओखलढुङ्खाको आंशिक लाभग्राहीको सुचिमा परेका भुकम्प प्रभावितहरुले घर प्रबलिकरण अझै सम्म गरेका छैन्न । २०७२ सालको महाभुकम्पमा परि ४ हजार ६५ घरधुरी आंशिक लाभग्राहीको सुचिमा परेका थिए ।
आंशिक लाभग्राहीको सुचिमा परेका लाभग्राही मध्ये २ हजार ४ सय ७४ लाभग्राहीले सम्झौता गरी पहिलो किस्ता बापतको रु ५० हजार रकम बुझेको भए पनि कुनै पनि आंशिक लाभग्राहीले घर प्रबलिकरण
सम्पन्न
गरी दोस्रो किस्ता बापतको रकम लिन नआएको राष्ट्रिय पुन निर्माण प्राधिकरण ओख
लढुङ्गाका बित्तिय व्यवस्थापन बिज्ञ खड्ग बहादुर थापाले बताए ।
पहाडी क्षेत्रका प्राय जसो घरहरु ढुङ्गा माटोको हुने गरेको र ढुङ्खा
माटोको घर प्रबलिकरण गर्दा दिगो हुने कुरामा लाभग्राहीहरु बिस्वस्त नभएको खिजीदेम्बा गाँउपालिकाका अध्यक्ष बेद बहादुर रोक्काले बताए ।
प्रबलिकरण के हो र कसरी गरिन्छ भन्ने कुराको पूर्ण जानकारी लाभग्राही हरुलाई नभएको र प्रबलिकरण गर्दा नेपाल सरकारले दिने अनुदान भन्दा धेरै रकम लाग्ने भएकोले पनि लाभग्राही हरुले घर प्रबलिकरण नगरेको अध्यक्ष रोक्काले बताए ।
पूर्ण लाभग्राहीको सु
चिमा पर्नु पर्ने घरहरु पनि आंशिक लाभग्राहीको सुचिमा परेकोले पनि घर प्रबलिकरण हुन सकेका छैनन् ।
घरपुरै धराप अबस्थामा छ तर आंशिकमा परेको छ । घर पुरै भत्काएर बनाउनु पर्ने छ सरकारले जम्मा १ लाख दिन्छ पैसा पुग्दैन कसरी घर बनाउनु खिजीदेम्बा ७ का आंशिक लाभग्राही नर बहादुर सुनुवारले आफनो गुनासो पोखे ।
राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला कार्यन्वयन ईकाइ ओखलढुङ्गाका प्रमुख युबराज खरेलले समझौता गरि पहिलो किस्ता लिएका आंशिक लाभग्राही हरुले कार्तिक मसान्त सम्ममा दोस्रो किस्ता लिई सक्नु पर्ने अन्यथा पहिलो किस्ताको रकम फिर्ता गर्नु पर्ने प्रा
वधान रहेको बताए ।











प्रतिक्रिया