विराटनगर, (नेस)। प्रदेश–१ सरकारले हरेक ६ घण्टामा सार्वजनिक सवारी साधन चलाउने चालक अनिवार्य फेर्नुपर्ने प्रावधानसहित सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६ प्रदेशसभामा पेस गरेको छ।
विधेयकमा यात्राको हरेक चार घण्टामा कम्तीमा आधा घण्टा सवारी र यात्रुले विश्राम लिनु पर्ने उल्लेख गरिएको छ। विधेयकमा उल्लेख भएअनुसार परिचयपत्र नलिएका परिचालकले सार्वजनिक यातायातमा काम गर्न पाउने छैनन्। चालकले जस्तै परिचालकले स्थानीय तहबाट प्रक्रिया पुर्याएर अनुमतिपत्र लिनुपर्ने छ।
यसैगरी प्रस्तुत विधेयकमा सवारी चलाउँदा चालकसँग कुराकानी गर्न नहुने, लामो दूरीमा सार्वजनिक सवारीमा सुरक्षाका लागि सुरक्षाकर्मी माग भए प्रदेश सरकारले उपलब्ध गराउने, टिकट नलिइ यात्रा गर्न नमिल्ने, भाडा दर प्रदेश सरकारले तय गर्ने, सवारी, यात्रु, चालक र परिचालकको बीमाको अनिवार्य व्यवस्था गरिने उल्लेख छ।











प्रतिक्रिया