नेपाल समाचारपत्र, गुल्मी। अनलाइन सेवाप्रारम्भ भएपछिको पहिलो सेवाग्राहीका रूपमा इस्मा गाउँपालिका–३ का पवित्रा कुँवर र लालबहादुर कुँवरले मालपोत कार्यालय गुल्मीबाट जग्गाको पूर्जा लिनुभएको छ।
पहिलो सेवाग्राही कुँवरद्वयलाई नगर प्रमुख डिल्लीराज भुसाल र भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक भरत गौतमले लालपूर्जा प्रदान गर्नुभएको हो।
सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउन मालपोत कार्यालय गुल्मीले अनलाइन मार्फत सेवा शुभारम्भ गरेको छ।
लिखित माध्यमबाट काम हुँदै आएको कार्यालयमा कम्प्युटर मार्फत सेवा शुभारम्भ भएको हो। रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भूसालले अनलाइन सेवाको शुभारम्भ गर्नुहुँदै अनलाइन सेवाको कारणबाट जग्गा लेनदेन गर्ने सबालमा लिखित माध्यमबाट हुनेगरेका त्रुटि हटी सेवा प्रवाहमा सहजता आउने बताउनुभयो।
सेवा शुभारम्भ कार्यक्रममा भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक भरत गौतमले अनलाइन मार्फत हालसम्म ८४ वटा मालपोत कार्यालयले सेवा शुरू गरेको बताउनुहुँदै डिजिटल प्रविधिमार्फत काम हुँदा किर्ते कार्यको अन्त्य र राजस्व संकलनमा पारदर्शिता आउने बताउनुभयो। कम्प्युटर मार्फत प्रिन्ट गरिएको लालपुर्जा पाएकोमा सेवाग्राही पवित्रा कुँवरले खुसी व्यक्त गर्नुभयो।











प्रतिक्रिया