विमल विष्ट, डोटी। सुदूरपश्चिमेलीको संस्कृतिको धरोहरका रूपमा रहेको प्रशिद्ध पर्व अर्थात गौरादवीलाई डोटीमा विधिबतरूपमा बुधबारबाट बिदाइ गरिएको छ।
डोटेली जनताले बुधबार रातिदेखि नै नाटक, तुलछाका खेल तथा अन्य मनोरञ्जनात्मक खेल देउडा खेल्दैे बिहीबार गौरादेवीको बिदाइ गरेका हुन्।
सुदूरपश्चिमेलीले भदौ ५ गते विधिबतरूपमा गौरा भित्तयाई गौरा सम्बन्धी विभिन्न खेल खेलेर रमाइलो गरिरहेका थिए। सुदूरपश्चिमका अन्य केही जिल्लामा बुधबार नै गौरादेवीको बिर्सजन गरिए पनि डोटीको जोरायल, भुमीराजमान्डौं तथा गड्सेरा क्षेत्रमा भने स्थानीयले गौरादेवीको साईत सारी बुधबार विधिबतरूपमा बिदाइ गरेको जोरायल गाउँपालिका–५ की स्थानीय राधादेवी विष्टले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘परदेशमा रहेका दाजुभाइ घर आएकाले उहाँहरूको आग्रहमा हामीले एक दिनका लागि गौरा दवीको साइत सारेका थियौ। अब अर्को वर्षमा आउने निम्तो दिँदै आज बिदाइ गर्यौ।’
सो क्षेत्रमा बिहीबार गौरादेवीको बिदाइ गर्ने क्रममा गौरादेवीमा चढाएका फलफूल फाल्ने चलन भएकाले फलिएका फलफूल हातमा पर्नेलाई यो वर्ष निकै फाइदा हुने, जागिर प्राप्त हुने र निसन्तानका हातमा परे सन्तान प्राप्त हुने जन विश्वासका कारण फालिएका फलफूल थाप्न निकै घुइचो र तँछाड मछाड हुने गरेको दिपायलका स्थानीय उत्तम द्धारीयाले बताउनुभयो।
उहाँका अनुसार उरेलिएका अर्थात फालिएका अठमल्ली वा फलफूल थाप्नको लागि सबै भन्दा बढी बेरोजगार युवा तथा अविवाहित महिलाको घुइचो लागेको थियो।











प्रतिक्रिया