नेपाल समाचारपत्र, काभ्रे ।सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती–४, टौखालले आफ्नो रजत वर्ष तथा हरितालिका तीज–२०७६ को अवसरमा महिला सशक्तीकरण सम्बन्धी एकदिने अभिमुखकीरण गोष्ठी सम्पन्न गरेको छ।
‘पर्दैन गाह्रो तीज खर्च धान्नलाई, बचत गरौं चाडपर्व मान्नलाई’
सामुदायिक साकोसका महिला विकास उपसमितिका संयोजक श्री जमुना सापकोटाको सभापतित्वमा सम्पन्न भएको गोष्ठीमा प्रमुख अतिथि पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जाराले सहकारी संस्थाको भीडमा सामुदायिक बचत तथा ऋण सहाकारी संस्थाले छुट्टै पहिचान बनाएको र यसका वस्तु तथा सेवा सदस्यमैत्री भएकोले आफूले पनि यसैलाई रोजेको बताउनुभयो।
संस्थाका अध्यक्ष प्रकाश बन्जाराले कार्यक्रममा सम्बोधन गर्दैै ‘पर्दैन गाह्रो तीज खर्च धान्नलाई, बचत गरौं चँड पर्व मान्नलाई” भन्ने मूल नाराका साथ २०६५ सालबाट तीजलाई भड्कीलो र तडक भडकभन्दा भिन्न तरिकाले बचतको ब्याजबाट तीज मनाउनुपर्छ साँवा मास्नु हुन्न भन्ने सन्देश दिँदै आएको बताउनुभयो।
अध्यक्ष बन्जाराले संस्थाले समावेशीकरणलाई विशेष जोड दिँदै संस्थाको सञ्चालक र लेखा समितिमा ३३ प्रतिशत महिला रहने व्यवस्था गर्दै आएकोमा गत वर्षको विनियम संशोधनबाट महिला उपाध्यक्ष समेत रहने व्यवस्था गरिएको जानकारी गराउनुभयो।
संस्थाका ८० जना महिला सदस्यको सहभागिता रहेको गोष्ठीमा महिलाको क्षमता विकासका लागि प्रशिक्षक रमिला हुमागाईंले सहजीकरणमा गर्नुभएको थियो।











प्रतिक्रिया