राजधानीका विभिन्न ठाउँमा चोरी

0
Shares

काठमाडांै, (नेस) ।तारकेश्वर नगरपालिका–१ मनमैजु बस्ने दीपक थापाको घरबाट करिब २ लाख ८० हजार रुपियाँ बराबरका सुनका गरगहना चोरी भएका छन्।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–१४ तिनथाना बस्ने दुर्गाबहादुर बमको टहराबाट नगद तथा सुनका गरगहनासमेत गरी करिब १ लाख १० हजार रुपियाँ बराबरको धनमाल चोरी भएको छ।

यसैगरी काठमाडौं महानगरपालिका–७ चाबहिल बुलबुले डेरा गरी बस्ने मोरङ विराटनगर घर भएका प्रदीपराज दाहालको कोठाबाट नगद ३० हजार रुपियाँ र सुनका गरगहनासमेत गरी करिब ३ लाख ६९ हजार रुपियाँ बराबरको धनमाल चोरी भएको छ।