काठमाडौं, (नेस) ।काठमाडौं महानगरपालिका–६ रामहिटी चारघरेबाट रक्तचन्दन का ८३ केजी काठका टुक्रा र यार्सागुम्बासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ रामहिटी चारघरे बस्ने च्याङ्बा लामा र मुगु घर भएका योन्देनग्याम्चो तामाङ रहेका छन्।
उक्त स्थानमा रक्तचन्दन बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त जडीबुडीसहित पक्राउ गरेको हो।











प्रतिक्रिया