सत्र वर्षीया किशोरी बलात्कृत

0
Shares

काठमाडौ, (नेस)।दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने कलंकी बस्दै आएका धादिङको गजुरी गाउँपालिका–१ घर भएका रवीन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

कलंकीस्थित शुपति गेस्ट हाउसमा रवीन श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँपालिका घर भएका मदन थापा मगरले ती किशोरीलाई ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले रवीन श्रेष्ठलाई पक्राउ गरेको थियो भने मदन थापा फरार छन्। फरार मदनको खोजीलाई तीव्र बनाएको प्रहरीले जनाएको छ।