विषेश सेवा दिवस मनाइयो

0
Shares

काठमाडांै, (नेस)। राष्ट्रिय अनुसन्धान विभागले नेपाल विशेष सेवा दिवस मनाएको छ। दिवसका अवसरमा बिहीबार पूर्वराष्ट्रसेवक तथा बहालवाला कर्मचारीको उपस्थितिमा पुनर्मिलन कार्यक्रम गरेको हो।

विभागका प्रमुख मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीले सरकारको नीतिगत निर्णयबाट संगठनको जिम्मेवारी र कार्यक्षेत्रमा भएको परिवर्तनलाई आत्मसात् गरी संगठनलाई प्राप्त जिम्मेवारीका साथ अगाडि बढाइने बताउनुभयो।

उहाँले इन्टेलिजेन्सको मूलभूत मान्यताअनुरूप परिचालन हुन मातहतका कर्मचारीलाई निर्देशन दिँदै सुशासन कायम गर्ने सरकारको नीतिअनुरूप विभागले कर्मचारी परिचालन गरेको र त्यसको सकारात्मक नतिजा देखिँदै गएको धारणासमेत व्यक्त गर्नुभयो।

कार्यक्रममा विभागका पूर्वप्रमुख विष्णुराज पन्तले विशेष सेवामा रहेर काम गर्न पाउनु गौरव भएकाले देशको सेवामा लाग्नुपर्ने बताउनुभयो। विभागले नेपाल विशेष सेवा ऐन लागू गरेको दिनको सम्झनामा दिवस मनाउँदै आएको छ। दिवसका अवसरमा बुधबार १ सय ३३ जनाले रक्तदान गरेका थिए।