नेपाल समाचारपत्र, काठमाडौं । भारतमा सम्पन्न आईपीएस (इन्डियन पुलिस सर्भिस) तालिम २०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बा≈य प्रशिक्षार्थी हुनभएको छ।
प्रनि खड्का ‘आईपीएस एसोसीयसन्स अफ सोर्ड अफ अनर’बाट पुरस्कृत हुनुभएको छ। उक्त तालिममा प्रहरी निरीक्षक अनु लामा ‘बेस्ट लेडी आउटडोर प्रोवेसनर,’ चाँदमारी’ र ‘बेस्ट टर्नआउट’ गरी ३ विधामा पुरस्कार हासिल गर्न सफल हुनुभएको छ।
साथै प्रहरी निरीक्षक अमर माझी ‘बेस्ट स्वीमिङ अवार्ड’ र प्रहरी निरीक्षक उमेश गुरुङ ‘जयपुर कप फर पीटी’ पुरस्कारद्वारा सम्मानित हुनुभएको छ। भारतीय गृहमन्त्री अमित शाहले दीक्षान्त समारोहमा तालिमका विभिन्न विधामा पुरस्कार वितरण गर्नुभएको थियो।
विभिन्न विधामध्ये नेपाल प्रहरी उक्त विधामा उत्कृष्ट भएको हो। करिब २ वर्ष लामो अवधि रहेको उक्त तालिम ६ महिनाको फिल्ड अट्याचमेन्टसहित २ चरणमा सञ्चालन हुनेगर्दछ।
१८ डिसेम्बर २०१७ मा शुरू भएको उक्त तालिममा ९२ जना भारतीय प्रहरी, ५ जना नेपाल प्रहरी र ६ जना रोयल भुटान पुलिस गरी कुल १ सय ३ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। हाल नेपाल प्रहरीबाट हरेक वर्ष ५ जना प्रहरी निरीक्षक उक्त तालिममा समावेश हुनेगरेका छन्।
सोअनुरूप २०१७ मा ४ पुरुष र १ महिला गरी नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षकको सहभागिता रहेको थियो।
सन् १९५५ देखि नेपालको सहभागिता हुन थालेको उक्त तालिममा हालसम्म ६० जना भन्दा बढी सिनियर प्रहरी अधिकृतले तालिम सम्पन्न गरेका छन्।











प्रतिक्रिया