अक्षयलाई फिलिपिन्समा मल्टी मिडिया अवार्ड

0
Shares

मिस्टर वल्र्ड–२०१९ को नेपाल प्रतिनिधि अक्षय रायमाझी फिलिपिन्सको मनिलामा आयोजित प्रतियागितामा ६० बढी राष्ट्रका प्रतिनिधिबीच उत्कृष्ट १२ भित्र पर्न सफल हुँदै मल्टिमिडिया अवार्ड जित्न सफल भएका छन्।

प्रतियोगितामा उनले सगरमाथा, गौतम बुद्ध, हिमाल, नदीनालालगायत नेपालको पहिचान झल्कने भिडियो प्रस्तुत गरेका थिए। सोही भिडियोले उनलाई मल्टिमिडिया अवार्ड दिलाएको हो। अक्षयले नेपाली कला संस्कृति झल्कने भोषभूषासहितको काल भैरब नाचसमेत प्रस्तुत गरेका थिए।

‘मल्टिमिडिया उपाधि भए पनि नेपाल ल्याएको छु’, उनले खुसी हुँदै भने– ‘नेपालका लागि यो पनि खुसीको कुरो हो।’ विश्वका प्रतिनिधिलाई भिजिट नेपाल–२०२० को निम्तोसमेत दिएका दाबी गर्दै उनले प्रतियोगिताबाट धेरै कुरा सिक्न पाएको बताए।

अक्षय मिस्टर नेपाल–२०१७ का विजेता हुन्। मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले उनलाई मिस्टर वल्र्डमा नेपालको प्रतिनिधिका रूपमा पठाएको हो।