चट्याङ लागेर २५० भेडा मरे



जुम्ला । बिहीबार परेको चट्याङले तिला गाउँपालिका-६ सुडीमा भेडा मरेका छन् । अविरल वर्षासँगै परेका चट्याङले २ सय ५० भेडा मरेका हुन् । यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन हो । भेडा मर्नेमा तिला गाउँपालिका ६ का करिब १० किसानका २ सय ५० भेडा मरेको स्थानीयले बताए ।

चट्याङका कारण एक किसान सामान्य घाइतेसमेत भएका छन् । व्यावसायिक रूपमा भेडा पालेर बसेका सुडिका किसान भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या भएको स्थानियले बताए । चट्याङले हामी किसानको रोजीरोटी खोसिदिएको छ ।

कर्णाली क्षेत्रमा भेडापालन व्यावसायिक किसानको लागि आम्दानीको पहिलो स्रोतको रूपमा मानिदै आएको छ। एक किसानका अनुसार जुम्लामा कहिले हिमपातले त कहिले चट्याङको मारमा किसान पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्