करीब दुई लाख घुससहित तीन जना रङ्गेहात पक्राउ


काठमाडौं । यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुखसहित ३ जना कर्मचारीलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चलनपुरबाट खटिएको अख्तियारको टोलीले कार्यालय प्रमुख एवं शाखा अधिकृत गम्भीर सिँह विष्ट, शाखा अधिकृत सातौं तह भुवन जोशी र अधिकृत छैठौं तह जयराज कारीगरलाई नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई नगद १ लाख ६१ हजार १ सय रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । उनले विक्री गरेको गाडी नामसारी गरेवापत सेवाग्राहीसगँ नगद १ लाख ६१ हजार १ सय रुपैयाँ घुस लिएका थिए । ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।