नेकपा पार्टी कार्यालयमा तालाबन्दी


इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी पार्टी कार्यालयमा सोही पार्टीका असन्तुष्ट कार्यकर्ताले आज तालाबन्दी गरेका छन् । उनीहरुले पार्टी मापदण्ड विपरीत चलेकाले तालाबन्दी गरेको बताएका छन् ।

सुजन लामा र राजेश राईको नेतृत्वमा रहेको समूहले पार्टीको इटहरी नगर कमिटी कार्यालयमा तालाबन्दी गरेको हो । इटहरी नगर कमिटी समायोजन अपारदर्शी र मापदण्ड विपरीत गरेकाले माग सुनवाइ नभएसम्मका लागि तालाबन्दी गरिएको उक्त समूहले जनाएको छ ।

पार्टीमा इमान्दार, प्रतिवद्ध र क्रियाशिल कार्याकर्तालाई पाखा लगाउने काम तत्काल सच्याउन र प्रतिबद्ध कार्यकर्तालाई कमिटीमा समावेश गर्न उनीहरुले आग्रह गरेका छन् ।

रासस