बेच्न राखेकाे काठ प्रहरीकाे कब्जामा


कैलाली । कैलालीको चुरे राष्ट्रिय वन क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा काठ बरामद गरेको छ । मालाखेती इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्ट नेतृत्वको टोलीले चुरे राष्ट्रिय वनमा चोरी पैठारी गर्न लुकाइछिपाइ राखेको अवस्थामा सालको ११४ थान काठ बरामद गरेको हो ।

यस्तै धनगढी उपमहानगरपालिकाको घोडसुवामा सडकमा बेवारिसे अवस्थामा रहेको सिसमको गोलिया बरामद गरिएको छ । धनगढीकै जुगेडा क्षेत्रमा लुकाइछिपाइ राखेको साल र लिपटिसको ६३ थान काठ बरामद गरिएको छ । बरामद गरेको उक्त काठ डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ ।

रासस