सुनको सिक्री लुट्ने महिला प्रहरीकाे फन्दामा


न्युज अफ नेपाल, पर्वत । पर्वतको कुस्मा-१४ की ८८ बर्षीया वृद्धाको गलाबाटै सुनको सिक्री लुटेको अभियोगमा १ महिला पक्राउ परेकी छन ।
कुस्मा नगरपालिका वडा नं १४ डाडाखर्क की ८८ बर्षीया रामकुमारी गुरुङ्को गलामा लगाएको अवस्थामा सिक्री लुटेको अभियोगमा सोही ठाउँ बस्ने ४० बर्षिया कमला सार्की पक्राउ परेकी हुन ।

डाडाँखर्क स्वास्थ्यचौकी नजिक आफ्ना भाई इन्द्र गुरुङ्गको घरमा बस्दै आएकी वृद्धाको साथबाट बुधबार बिहान साढे ६ बजे सार्कीले सिक्री लुटेर भागेकी थिइन । घटनाको अनुसन्धान गर्दै जादा शंकास्पद रुपमा हिडिरहेकी नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा चोरी गरेको स्विकार गरेकी थिइन । उनले लुटेको सिक्री केही तल पर्खालमा लुकाएको अबस्थामा फेला परेको छ ।

पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङ्ग घर भै माइती आर्थर छापस्वारामा बस्दै आएकी अभियुक्त नेपालीलाई चोरी मुद्दामा अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।