प्रहरीले गाँजाखेती नस्ट गर्याे


धादिङ । प्रहरीले धादिङको दक्षिणी भेगमा २५० रोपनीमा लगाइएको अवैध गाँजाखेती नस्ट गरेको छ ।

गाउँपालिका वडा नम्बर–४, गैरीगाउँमा लगाइएको गाँजा जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले नस्ट गरेका छन् ।

अवैधरुपमा खेती गरिएको गाँजा नस्ट गर्ने अभियानमा प्रहरीले २५० भन्दा बढी रोपनीमा लगाइएको गाँजा फडानी गरिएको प्रहरीले बताएको छ ।

स्थानीयले बाली तथा पाखामा व्यावसायिकरुपमा अवैध गाँजाखेती गर्दै आएका छन् ।