रोम । इटालीमा नयाँ मन्त्रीमण्डल गठनका लागि प्रधानमन्त्री जिसेपी कोन्टेलाई औपचारिक बाटो खुला भएको छ ।
इटालीका राष्ट्रपति सर्जेओ मटारेलाले बिहीबार प्रधानमन्त्री कोन्टेलाई नयाँ मन्त्रीमण्डल गठन गर्न औपचारिकरूपमा आग्रह गरेसँगै नयाँ सरकारको नेतृत्वका लागि उहाँलाई बाटो खुलेको हो ।
सन् २०१८ को जुन १ मा इटालीको प्रधानमन्त्री बन्नुभएका कोन्टेविरूद्ध आफ्नै मन्त्रीमण्डलमा उप–प्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री रहेका मटेओ साल्भिनीको नेतृत्वमा संसदमा अविश्वासको प्रस्ताव पेश गरिएको थियो ।
कोन्टेले सरकार टिकाउनका लागी आवश्यक बहुमत पु¥याउन असम्भव देखेपछि मतदानपूर्व नै गत अगस्ट २० मा राजिनामाको घोषणा गर्नुभएको थियो । त्यसपछि उहाँले कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
रासस/सिन्ह्वा
प्रतिक्रिया