भ्रष्टाचार, ठगी र अनियमितता कहिलेसम्म ?


न्युज अफ नेपाल, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीकि प्रदेश नं. ३ कि साँसद रिता माझीले प्रदेश सभाको बैठकमा भ्रष्टाचार, बेरोजगारी, महंगि र धर्म परिवर्तन वर्तमानका चुनौतिहरु भएको वताउँदै ति चुनौति समाधान गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

साँसद माझीले एनसेल करछलि प्रकरणमा सर्वोच्च अदालतको पछिल्लो फैसला विवादस्पद र विडम्बनापूर्ण भएको वताउनु भएको छ । साँसद माझीले भ्रष्टाचार, ठगी र अनियमितता नियन्त्रण कार्यमा राज्यका सबै अंगहरुको समान प्रतिबद्धता नभएसम्म यस्ता विकृति अन्त्य हुन नसक्ने भन्दै यता तिर ध्यान दिन समेत सरकारलाई आग्रह गरिन । साँसद माझीले धर्म परिवर्तन नरोकिए देश डरलाग्दो धार्मिक द्वन्द्वमा फस्न सक्ने वताउँदै प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मकवानपुरले आयोजना गरेको तिजको शुभकामना आदान प्रदान कार्यक्रममा साँसद माझीले नेपाली महिलाहरूको महान पर्व तिजको शुभकामना व्यक्त गर्दै नेपालको मौलिक सांस्कृतिक पहिचान रक्षा गर्न सबैमा आह्वान गर्नुभयाे ।