करीब ६ लाखको धनमाल चोरी


काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट सुनका गरगहना र मालसामानसहित करीब छ लाखको धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वर बस्ने रुषा श्रेष्ठको घरबाट आज सुनका गहना र मोबाइल गरी रु ३ लाख ४८ हजार बराबरको धनमाल चोरी भएको प्रहरी जनाएको छ ।

आजै काठमाडौँ, टोखा नगरपालिका–३ बानियाटार भत्केको पुल बस्ने पूर्णमान श्रेष्ठको घरबाट स्कुटर, मोबाइललगायत विभिन्न सामग्री गरी करीब रु २ लाख ४० हजार बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

चोरीमा सङ्लग्न व्यक्तिको खोजी गर्नुका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । त्यस्तै काठमाडौँ–७ चाबहिलस्थित गणेश मन्दिर नजिक सडकपेटीमा १ व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ ।

रासस