सह-प्रधानाध्यापक र लेखापाल रङ्गेहात पक्राउ


काठमाण्डौँ । पशुपति मित्र माध्यमिक विद्यालय चावहिल काठमाण्डौका लेखापाल र सहायक प्रधानाध्यापकलाई डेढ लाख रुपैयाँ घुससहित पक्राउ गरेका छन् ।

विद्यालयमा क्यान्टीनको ठेक्का दिने क्रममा लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक विक्रम बिसीले १ लाख ५० हजार रुपैयाँ घुस लिइरहेको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भैरहेको छ ।