चीनका सेना हङकङमा


काठमाडाैँ । चीनले हजारौं सेनालाई हङकङ पठाएको छ । हङकङमा आन्दोलनकारीहरुले पूर्ण प्रजातन्त्रको माग गर्दै प्रदर्शन गर्ने योजना बनाएको चीनले हजारौं सेनालाई बिहिबार त्यसतर्फ पठाएको हो ।

चिनीयाँ समाचार संस्था सिन्हवाले लेखेको छ । चिनियाँ सेनाले हङकङमा शान्ति र स्थायित्वुका लागि महत्वपूर्ण योगदान गर्नेछ । चीनले योजनाबमोजिमु नै सेना त्यसतर्फ पठाएको जनाएको छ । कुनै समय बेलायतको अधिनमा रहेको हङकङमा एसियन र पश्चिमी कूटनीतिज्ञहरुले पीएलएका पछिल्ला गतिविधिलाई नियालिरहेका छन् ।

रक्षा मन्त्रालयका प्रवक्ता रेन गुओसीङले हङकङका आन्दोलनकारीहरुले त्यहाँको कानुनको सम्मान गर्नुपर्ने र सेनाले त्यहाँको भूभागको रक्षाका लागि काम गर्ने बताएका छन् । पीएलएका लेफ्टिनेन्ट कर्नेल याङ जेङले भने, हामीले यहाँ आउनुभन्दा पहिले अवस्थाको बारेमा अध्ययन गर्‍यौं । त्यसपछि हामीले यहाँको सुरक्षा व्यवस्थालाई कायम गर्नका लागि तालिम बढायौं ।

अघिल्लो साता चीनले सीमा क्षेत्रमा सेना खटाएको भन्दै व्यापक बहस भएको थियो । चीनले हङकङमा सुरक्षा स्थिति खस्किएर संकट पैदा भइरहँदा आफू हेरेर नबस्ने चेतावनी दिएको थियो ।

हङकङमा प्रदर्शनकारीहरुले शनिबार बृहत र्‍याली निकाल्ने योजना बनाएका छन् । आन्दोलनको निरन्तर १३ औं सातामा आयोजना गरिने आन्दोलनमा सयौं हजार मानिसहरु जम्मा हुने अपेक्षा गरिएको छ ।

बेइजिङको मुख्य प्रतिनिधि कार्यालय रहेको हङकङको व्यापारिक केन्द्रमा नागरिक अधिकार मञ्‍चले र्‍याली आयोजना गर्ने जनाएको छ । तर, प्रहरीले भने उक्त क्षेत्रमा र्‍याली निकाल्न प्रतिबन्ध लगाएको छ । आन्दोलनरत समूहका एकजना नेता जिम्मी शामलाई बिहीबार दई जना हतियारधारीले आक्रमणको प्रयास गरेका थिए । तर, उनी सकुसल रहेका छन् ।

एजेन्सी