आँधीको प्रकोप, १ हप्ताको खर्च जुटाउ आग्रह


काठमाडौं – फ्लोरिडाका अधिकारीहरूले स्थानीयहरूलाई कम्तीमा १ हप्ताको सामान बन्दोबस्त गर्न आग्रह गरेका छन् । डोरियन आँधीका कारण फ्लोरिडामा गभर्नर रोन डीसान्टिसले संकटकाल घोषणा गरेपछि यस्तो आग्रह आएको हो ।

आँधीलाई ट्रपिकल स्टोर्मबाट बढाइएर बुधवार हरिकेन घोषणा गरिएको हो । हावाको गति ७५ माइल प्रतिघन्टा पुगेपछि यस्तो घोषणा गरिएको हो ।

डोरियन आँधीका कारण क्यारिबीयनमा बाढी र विनाश आएको छ र अमेरिकामा यसै सप्ताहान्तमा आँधी पस्ने सम्भावना छ ।

आँधी कुन दिशा भएर अघि बढ्छ भन्ने निश्चित छैन त्यसैले डीसान्टिसले मानिसहरूलाई पर्याप्त खानेकुरा र पानी जम्मा गरेर राख्न तर ठाउँ छोडेर जानुपरे जानका लागि पनि तयार हुन आग्रह गरेका छन् । एजेन्सी