मलेसियामा ५ नेपाली पक्राउ


मलेसिया । मलेसिया सरकारले अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकका लागि आममाफी कार्यक्रम सञ्चालन गरिरहेको छ । मलेसियन प्रहरीले अवैधानिक कामदारको पक्राउ तीव्र रूपमा गरिराखेको छ । यसैका लागि विभिन्न सहरहरूमा व्यापक खोजी गरिरहेको छ।
खोजी गर्ने क्रममा १ दिनमै अवैधानिक रूपमा बस्दै आएका १०६ जना विदेशी नागरिक पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेहरूमा ५ जना नेपाली सहित ४३ जना म्यानमार, ३२ जना बङ्गलादेश, १२ जना भारत, ९ जना इन्डोनेसिया, २ जना नाइजेरिया, २ जना श्रीलङ्का तथा १ जना पाकिस्तानका नागरिक रहेका छन् ।

७ सय रिंगेट जरिवाना तिरि हवाई टिकट आफै काटेर नेपाली नेपाल फर्कन सक्छन् ।