सहुलियतपूर्ण कर्जामा युवाहरुको चासाे नभएकै हाे त ?


काठमाडौं । अर्थमन्त्री डा। युवारज खतिवडाले गत आर्थिक वर्षमा सरकारले ल्याएको सहुलियपूर्ण कर्जामा युवाहरुले चासो नलिएकोको बताएका छन् ।

सरकारले विभिन्न ६/७ वटा क्षेत्रमा स्वरोजगारीमा जान चाहने व्यक्तिका लागि सहयोग गर्ने उद्देश्य सहुलियत कर्जा कार्यक्रम ल्याएपनि युवाहरुले खासै चासो लिएका छैनन् भनेर मन्त्री खतिवडाले बताएका हुन् ।

केहि राम्रै प्रतिक्रिया आएपनि युवाहरुले खासै चासो नदेखाएको मन्त्री खतिवडाको भनाई थियो । ‘सहुलियतपूर्ण कर्जा भनेर विभिन्न ६÷७ वटा स्वरोजगारीमा जान चाहने व्यक्तिलाई सहयोग गर्ने भनेर बजेटको कार्यक्रम ल्याइयो त्यसमा आंशिक रुपमा त्यसको राम्रै प्रतिक्रिया आयो’ मन्त्री खतिवडाले भने, ‘कृषिमा त्यसको राम्रो रेस्पोन्स छ । खास गरी कतिपय क्षेत्रमा युवाहरुको स्वरोजगारीमा आकर्षण देखिएन । माग भएर आएकालाई बैंकहरुले पुरा पनि गर्दैछन् ।’

गत आर्थिक वर्षमा सरकारले ल्याएको लोकप्रिय कार्यक्रम सहुलियत पूर्ण कर्जा कार्यान्वयनमा नआएको भन्दै कार्यान्वयनमा ल्याउन के कारणले अवरोध आयो भनेर सांसल महेश बस्नेतले मन्त्री खतिवडालाई प्रश्न गरेका थिए ।