कार रेसर जेसी कोम्बसको मृत्यु


कार रेसर जेसी कोम्बसले आफ्नै रेकर्ड ब्रेक गर्न खोज्दा मृत्यु भएको छ । ओरेगनस्थित अलभोर्ड मरुभूमिमा मंगलबार ३९ वर्षीया कोम्बसको निधन भएको हो ।

हार्नेरी काउन्टी शेरिफ्स कार्यालयका अनुसार दक्षिण पूर्वी कोम्बसले सन् २०१३ मा फास्टेस्ट वुमन अन फोर ह्वील्सको उपाधि जितेकी थिइन् । उनले सन् २०१३ मा ३९८ एपीएचको स्पिड कायम गरेकी थिइन् भने गत अक्टोबरमा उक्त रेकर्ड तोड्दै ४८३।२ एपीएचको रेकर्ड कायम गरेकी थिइन् ।

फास्टेस्ट वुमन अन फोर ह्वील्सु को टाइटल पाएकी कोम्बसले जेट पावर कारमा आफ्नो रेकर्ड बनाएकी थिइन् । आफैंले कायम गरेको रेकर्ड तोड्न खोज्दा मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

टेलिभिजन कार्यक्रम मिथबुस्टर्सका प्रस्तोता आडम साभेजले भने, उनी निकै ब्रिलियन्ट, इन्जिनियर, ड्राइभर, फेब्रिकेटर, साइन्स कम्युनिकेटर हुन् । उनी दैनिक हरेकलाई प्रोत्साहित गर्न एक उदाहरण थिइन् ।