मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेस


काठमाडौँ । मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रियसभामा पेश भएको छ । बिहीबार बसेको बैठकमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधेयक पेश गरेका हुन् । यस अघि बैशाख महिनामा पेश भएको विधेयक नेपाल पत्रकार महासंघ लगायतले गरेको आन्दोलनले गर्दा अघि बढ्न सकेको थिएन ।

‘विधेयक पेश गर्दै मन्त्री बाँस्कोटाले सबै खाले मिडियाको अनुगमन गर्ने अधिकार मिडिया काउन्सिललाई हुने गरि विधेयक ल्याइएको बताए । विधेयकमा उल्लेखित दण्ड जरिवानाको विषयलाई अदालती विषय बनाउने भन्ने बारेमा सोच्न सकिने र केही नमिलेका कुराहरु छलफलका क्रममा मिलाउन सकिने बताए ।

उनले सरोकारवालासँग छलफल गरेर विधेयकमा आवश्यक परिर्मान गर्न सकिने प्रतिवद्धता जनाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले दर्ता गराएको विरोधको सुचना फिर्ता लिएका थिए ।