बच्चालाई यमराज देखाउन परे अविभावकले रिङरोड लैजाँदा रहेछन् : सांसद खतिवडा


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले प्रतिनिधि सभाको शून्य समयमा बोल्दै रिङरोडमा जेब्रा क्रसिङ बनाउनुपर्ने माग राखेका छन् । उनले यमराज देखाउन अविभावकले बच्चाहरूलाई रिङरोड लैजाने गरेको भन्दै सरकारलाई व्यङ्ग्य गरेका छन् ।

खतिवडाले भने ,‘सभामुखज्यू अहिले अभिभावकहरूले यमराज कहाँ छन् भनेर देखाउनुपर्‍यो भने रिङरोडको छेउमा ल्याएर राख्दा रहेछन्। दुई चार घण्टा उभ्याएपछि बच्चाहरूले यमराज देख्न पाउने ।’

जेब्रा क्रसिङ नभएकाले ट्राफिक नियम उल्लङ्घन हुनुका साथै मासिक ७ जनाको दुर्घटनामा मृत्यु भएको तथ्यांक देखाउँदै सरकारको ध्यानाकर्षण गराए । तथ्यांक भयावह भएको भन्दै सरकारले तत्काल रिङरोडमा जेब्रा क्रसिङ बनाउनुपर्ने खतिवडाले माग गरे ।