काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप अन्तर्गत एसियन छनोटको दोस्रो चरणमा नेपाली टोली घोषणा भएको छ । टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ रहेका छन् । डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल छन् ।
यस्तै मिडफिल्डमा सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द छन् । फर्वाडमा विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।मुख्य प्रशिक्षक जोहान कालिनले छनोट अन्तर्गत कुवेत र चाइनिज ताइपेइसँगको लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।
आगामी बिहिबार समूह बि को पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएका छ । भदौ २४ गते मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ । यस्तै मलेसियन लिग च्याम्पियन टोलीसँगको मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश नगरिएका विराज महर्जन विश्वकप छनोटमा पनि पर्न असफल भएका छन् ।
टोलीमा गोलकिपर एलन न्यौपाने र विमल राना पनि छैनन् । न्यौपानेको स्थानमा किरण थपिँदा विमल रानाको स्थानमा रोहित चन्द समावेश छन् । रोहित आज इन्डोनेशियाबाट नेपाल फर्किंदैछन् ।











प्रतिक्रिया