काठमाडौं । कांग्रेसको केन्द्रीय समितिको बैठक बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ। नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो।
बिहीबारको बैठकमा भातृसंस्थाहरुबारे छलफल हुने कांग्रेसले जनाएको छ। भातृ संस्थाको विधान संशोधन र मान्यता प्रदान गर्ने, विधान अनुसार अवधि समाप्त भएका भातृ संघहरुका सम्बन्धमा बैठकमा छलफल हुने छ।
विद्यार्थी संघले थपिएको समयमा अधिवेशन गर्न नसकेको भन्दै नैनसिंह महर नेतृत्वको समिति भंग गरिएको थियो। त्यसपछि नयाँ कार्यसमिति आउन सकेको छैन।
यस्तै भदौ २४ गतेदेखि कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु हुँदैछ। ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा जागरण अभियान हुँदैछ। समयावधि सकिएका भातृसंस्थाहरुलाई अधिवेशनका लागि समय दिने कि विघटन गर्ने भन्नेमा केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ।











प्रतिक्रिया