राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमाथि हातपात


दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमाथि कार्यकक्षमै हातपात भएको छ । रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई कार्यकक्षमै हुत्याइदिएर लडाएको सिसी टिभी फुटेजमा देखिएको छ ।

नेकपाका नेता विवेक श्रेष्ठले रजिष्ट्रार प्याकुरेलमाथि हातपात गरेका भन्दै प्रतिष्ठानकी उपकुलपति डा।संगीता भण्डारीले कारबाही हुनुपर्ने माग गरेकि छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ अभियान’ को नाममा अस्पतालको प्रशासनमा लगाइएको ताला दाङ प्रहरीले फुटाएको छ ।

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ अभियान’ संयोजक विकिरण गौतम र सदस्य सचिव सविन प्रियासनको नेतृत्वमा तालाबन्दी भएको थियो ।