नेकपा सरकारले देशलाई कम्युनिस्ट बनाउने


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारले देशलाई कम्युनिस्ट राज्य बनाउने खतरा बढ्दै गएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

ललितपुरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै सभापति देउबाले नेकपाको सरकारले प्रजातन्त्रको सबै मुलभूत कुराहरु बिर्सदै गएकोले कम्युनिस्ट राज्य बनाउन खोजेको बताए ।

सरकार प्रजातन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता विरोधि भएको भन्दै उनले सरकारविरुद्ध एकजुट हुन आग्रहसमेत गरे ।

सरकारको गलत कदमका विरुद्ध कांग्रेसले विरोध गरिरहेको भन्दै सभापति देउवाले प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षाको लागि आफ्नो पार्टीले निरन्तर संघर्ष जारी राख्ने बताए ।