बङ्गलादेश र कतारका लागि राजदूत नियुक्त


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बङ्गलादेश र कतारका लागि नेपालका आवासीय राजदूतमा क्रमशः डा वंशीधर मिश्र र डा नारदनाथ भारद्वाजलाई नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरुलाई राष्ट्रपतिले आज नियुक्त गर्नुभएको हो ।
रासस