कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


न्युज अफ नेपाल, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबारका लागि सरेको छ। बुधबार दिउँसो २ बजे बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल बिरामी भएका कारण बिहीबार दिउँसो १ बजे का लागी सारिएको छ ।

भातृ संस्थाहरूबारे छलफल गर्न बैठक डाकिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘वरिष्ठ नेता पौडेल सामान्य बिरामी भएपछि बैठक भोलिका लागि सारिएको हो ।

असार २२ गते महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय समितिमा पेश गरेको १४ एजेन्डामध्ये अन्तरिम संरचना गठन गर्ने लगायत केही विषयमा मात्रै छलफल गरी निर्णयमा कांग्रेस पुगेको छ भने अधिकांश एजेन्डा छलफल हुन बाँकी नै छ।