बिरामी हुँदा पनि देश चलाउने कस्तो प्रधानमन्त्री?


न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बिरामी हुँदा पनि देश चलाउने हठ गर्न नपाइने बताएका छन । नेता पौडेलले उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भिडियो कन्फरेन्स’का माध्यमबाट मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेको प्रति आपत्ति जनाएका हुन।

उनले बुधबार ट्विटरमा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन ।

उनले ‘भिडियो कन्फरेन्स’ गरेर बसेको मन्त्रिपरिषद् बैठकमा परिषद्का सदस्यबाहेकका व्यक्तिहरु पनि उपस्थित हुनु उचित नभएको संकेत गरेका छन् । पौडेलले भने “मन्त्रिपरिषद् बैठकमा परिषद्का सदस्यबाहेक अरूको समेत उपस्थिति नयाँ अध्यायको सुरूवात हो किरु
सरकारले केही दिनअघि आफ्नो कार्यसम्पादन नियमावली २०६४ लाई संशोधन गरेर प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला ‘भिडियो कन्फरेन्स’लगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । सोही संशोधित व्यवस्थाअनुसार सोमबार ‘भिडियो कन्फरेन्स’ गरेर मन्त्रिपरिषद् बैठक बसेको थियो ।