छिमेकीको घरमा चोरी गर्ने पक्राउ


न्युज अफ नेपाल, धनुषा । छिमेकीको घरमा चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हंसपुर नगरपालिका ८ बस्ने श्याम साफी रहेको प्रहरीले जनाएको छ । उनलाई भदौ १० मा पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने महिलाको घरभित्र प्रवेश गरी चक्कु देखाई लुटपाट गर्न खोज्दा गुहार मागेपछि फरार भएका श्यामलाई ईलाका प्रहरी कार्यालय सुगानिकाशबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।